Logo
Logo

दोस्रो पटक समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने कांग्रेसको मापदण्ड


3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारका लागि चार मापदण्ड तय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठकले गरेको निर्णयअनुसार कांग्रेसले तय गरेको मापदण्डअनुसार वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरू समानुपातिकतर्फ उम्मेदवार बन्न पाउने छैनन् । 

त्यसैगरी, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई पनि कांग्रेसले संघ र प्रदेश दुवैको उम्मेदवार नबनाउने मापदण्ड तय गरेको छ ।

उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने निर्णय भएको महामन्त्री गगन थापाले जानकारी दिए । 

महामन्त्री थापाका अनुसार यसपटक कांग्रेसले एक निर्वाचन क्षेत्रबाट एक उम्मेदवार हुने गरी समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्