काठमाडौं । सरकारले दुई महत्वपूर्ण विभागका महानिर्देशकको सरुवा गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र बाणिज्य, आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक फेरिएका हुन् ।
निकै शक्तिशाली विभाग मानिने सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तारानाथ अधिकारीको सरुवा भएको हो । त्यहाँ कार्यरत प्रेम भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । विभागको महानिर्देशक बनेका अधिकारी यसअघि पर्यटन विभागको महानिर्देशक थिए ।
त्यस्तै, अनुसन्धान विभाग र बाणिज्य, आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागमा महेश भट्टराईलाई पठाइएको छ । उनी यसअघि विमानस्थल भन्सार कार्यालयको प्रमुख थिए ।