Logo
Logo

देश प्रमुखसमक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश


882
Shares

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज प्रदेश नं १ लोकसेवा आयोगले तेस्रो (आर्थिक वर्ष २०७८/०७९) को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आयोगले प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति आपूर्तिमा स्वच्छ र निष्पक्ष ढङ्गबाट कार्य गरेकोमा खुसी व्यक्त गरे । उनले आयोगलाई पूर्णरूपमा काम गर्ने वातावरण तयार गर्न आवश्यक पर्ने ऐन कानून निर्माणमा सङ्घ तथा प्रदेश सरकारको सहयोग रहने विश्वास जनाए । उनले आयोगको कामप्रति सन्तुष्टि व्यक्त गर्दै आवश्यक साधन स्रोतको अभाव एवं कानूनी व्यवधान समाधानका विषयमा नीतिगत छलफल गर्ने धारणा राखे ।

सो अवसरमा आयोगका अध्यक्ष भट्टराईले प्रदेशका मन्त्रालयले कुनै परामर्श र कर्मचारी माग नगरी आफूखुुसी कार्यालय सञ्चालन गरेको गुनासो गर्दै आयोगले आर्थिक वर्ष २०७८/०७९ मा रु पाँच करोड ३६ लाख ३९ हजार राजस्व सङ्कलन गरेको जानकारी दिए ।

आयोगले सोही वर्ष दुई सय ८२ पदका लागि लिएको लिखित परीक्षाबाट दुई सय ८० छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको सोही अवसरमा जानकारी दिइयो । समारोहमा आयोगका सचिव बाबुराम खतिवडा, सदस्यद्वय सजना दाहाल र टीकादत्त राईलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्