Logo
Logo

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


1.1k
Shares

गोरखा । जील्लाको गोरखा नगरपालिका–१३ भडारी भिरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो।

गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल आपसमा हिजो बेलुकी ८ बजे ठोक्किएको थियो ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्