Logo
Logo

तातोपानी र रसुवागढीबाट आयात सुचारु


63
Shares

रसुवागढी नाका ।

काठमाडौं । चीन तर्फका मुख्य नाका तातोपानी र रसुवागढीबाट आयात सुचारु भएको छ ।

कोरोनाको कारण देखाउँदै चीनले यी नाका डेढ महिनादेखि ठप्प थिए । चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै नाका खुलेका हुन् ।

रसुवागढी नाका भएर बिहीबार बिहान ७ वटा कन्टेनर नेपाल भित्रीएका छन् । तातोपानी बाट भने २ वटा कन्टेनर आएका छन् ।
थप ७ वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

तातोपानीबाट भने कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्