Logo
Logo

अग्निपथ योजनाबारे निर्णय निर्वाचनपछि : परराष्ट्र


693
Shares

काठमाडौं । सरकारले भारतको सैन्य भर्ती योजना अग्निपथबारे निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।

बिहीबार प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताए । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजे पनि नेपालले यसबारे निर्णय गरेको छैन ।

अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्