Logo
Logo

चोलेन्द्रले नाम लिएका वकिलहरु महाअभियोग सिफारिस समितिमा उपस्थित


4.2k
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिको छलफल सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरू भएको छ ।

बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो ।

छलफलमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल,
पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल र पूर्णमान शाक्य सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्