Logo
Logo

वर्किङ भिषामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


3k
Shares

काठमाडौं । युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोलुखुम्बु दुधकोशी गाउँपालिका– २ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

केही व्यक्तिहरुलाई वर्किङ भिषामा युकेलगायतका देशहरुमा रोजगारीको लागि पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएर कार्की सम्पर्क बिहीन भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्वाराहीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्