Logo
Logo

कांग्रेसका ८ सहमहामन्त्रीलाई समानुपाति उम्मेदवारको बन्दसूची तयार पार्ने जिम्मा


6.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने सहमहामन्त्रीलाई जिम्मेवारी दिएको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न भनिएको बताए । सहमहामन्त्री भीष्मराज आङ्दम्बेले आदिवासी जनजाति, फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस-आर्य, उमाकान्त चौधरीले थारु, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गर्ने छन् ।

देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको परियारले बताए । उक्त नाम क्लस्टर अनुसार छुट्याएर भोलिको बैठकमा पेस गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्