Logo
Logo

‘प्रहरी हौं’ भन्दै ३० लाख लुट्ने तीन जना पक्राउ


819
Shares

काठमाडौं । ‘प्रहरी हौं’ भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं ठमेलस्थित ओरियण्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक ३ वटा मोटरसाईकलमा आएका पाँच व्यक्तिले ‘प्रहरी हौँ’ भन्दै लुटपाट गरेका थिए ।

पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखी डल्लु र्पुयाई उक्त नगद, मोबाइल, लाइसेन्स र ब्लुबुक समेत लुटपाट गरी उनीहरु फरार भएका थिए । अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनवभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कपनबाट पक्राउ गरको हो ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्