Logo
Logo

बयान दिन सिफारिस समितिमा चोलेन्द्र


1.8k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन् ।

शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन् । केही बेरमा उनको बयान सुरु हुने छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।

जबराविरुद्ध सत्तारुढ दलका सांसदले फागुन १ गते महाभियोग दर्ता गराएका थिए । महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो । हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन् ।

उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विभिन्न आरोप लगाएका छन् । न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ छ ।

आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्