Logo
Logo

चोलेन्द्रसँग पूरक प्रश्नमा बयान जारी


630
Shares

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पूरक प्रश्नमा बयान लिन थालेको छ ।

यसअघि ४३ वटा प्रश्न सोधिसकेको समितिले आज पूरक प्रश्न राखेको हो । समितिमा रहेका एमाले सांसदले भने पूरक प्रश्न नसोध्न र कागजात झिकाउन माग गरेका थिए । समितिले जबराले पोलेका ७ जना वकिलसँग बिहीबारै बयान लिइसकेको छ ।

यस्तै उनले लाञ्छना लगाएका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू गएनन् ।

प्रतिक्रिया दिनुहोस्