Logo
Logo

चाडपर्वलाई भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन एआइजी धानुकको निर्देशन


7.8k
Shares


काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न निर्देशन दिएका छन् । विशेष गरी चाड पर्वमा, पाकेटमारी, चोरी, डकैती र लुटपाटका घटना हुन सक्ने तथा बैंकवित्तीय संस्था, अति भीडभाड हुने स्थान, मेला लाग्ने मठमन्दिर लगायत क्षेत्रहरूमा भरपर्दो सुरक्षा व्यबस्था मिलाउन मातहत कार्यालयलाई उनले शुक्रबार निर्देशन दिएका हुन् ।
समुदाय संगको सहकार्यले अपराध रोकथाम र नियन्त्रणमा उल्लेखनीय भुमिका खेल्ने बताउदै विद्यालत तथा समाजमा प्रहरीको काम कर्तव्य लगाएत साइवर क्राइम,लागुऔषध, ट्राफिक व्यवस्थापन लगाएतका सचेतनामुलक कार्यक्रमहरू अझ बढि संचालन गर्न उनको जोड छ ।


कारबाही र पुरस्कार तत्कालै गर्ने भन्दै राम्रो काम गर्ने लाई तत्काल पुरस्कृत गर्ने र कोही कसैले प्रहरी आचरण विरुद्ध प्रहरी संगठनको आँच आउने कार्य गरेमा तत्कालै सजाय गर्ने उनको चेतावनी छ । साथै आफ्नो अधिकार क्षेत्र भित्र रहेर सोही अनुसार गर्न मातहत कार्यालय प्रमुखहरूलाई समेत निर्देशन भएको छ ।


आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनसिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन–व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न एआइजी धानकुले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्