Logo
Logo

आगामी चुनाव एमाले भर्सेज गठबन्धन हुन्छ : ओली


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले भर्सेज गठबन्धन हुने बताएका छन् ।
शुक्रबार संसदको पाँच वर्षे कार्यकालको समीक्षा र विदाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अबको चुनावमा एमाले भर्सेस गठबन्धनको प्रतिस्पर्धा हुन्छ । त्यसैले तपाइँहरु भोलिदेखि नै पार्टीलाई बहुमतले जिताउने गरी खटिनुुस् ।’ उनले अबको चुनावमा एमालेले सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए ।
प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । बैठकमा उनले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गरे ।

‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु’ उनले भने ।

साथै, यही पाँच वर्षे संसदको कार्यकालमा पार्टी विभाजन भएको भन्दै उनले चित्तदुखाए । ओलीले भने, ‘केही साथीहरू पार्टी फुटाएर जानुभयो । संसदमा माझीदाइ देश बचाइदेऊ भन्दै गीत गाएर ताण्डव देखाए साथीहरूले ।’ बैठकपछि नेताहरुसँग सामूहिक फोटोसेसन गर्दै ओलीले भने, ‘भोलिदेखि हामी संसदमा भेट्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्