Logo
Logo

अछाम पहिरोका घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन


819
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरोमा परि घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।

मन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म ९ जनाको मृत्यु भएको र २० जना घाइते भएकाे प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्