Logo
Logo

ढुंगालाई पुज्नुभन्दा मान्छे पुज्दै हिँडे धेरै राम्रो : प्रचण्ड


3.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढंगालाई पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे राम्रो हुने बताएका छन् ।

शनिबार पार्टी केन्दीेय कार्यालय पेरिसडाँडामा विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीकहाँ त तेत्तिस कोटी देवता हुन्छन् । जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ । तर, यसरी ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो ।’ उनले यसो भनेर धर्मलाई नेगेटिभल्ली नलिएको बताए ।

आफूमा चुनावको डर रहेको बताउँदै उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ ।’

विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको अध्यक्ष प्रचण्डले दाबी गरे । उनले भने, ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ? मानिसहरूको चिन्तन/चेतनाको विकास कसरी भयो ? माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

प्रतिक्रिया दिनुहोस्