Logo
Logo

चोलेन्द्रको बयान सकियो, समितिले आजै प्रतिवेदन बुझाउने


945
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुरक बयान सकिएको छ । महाभियोग सिफारिस समितिले शनिबार राणासँग् बयानको लिखित प्रतिमा हस्ताक्षर लिएपछि बयान सकिएको हो ।

शुक्रबारदेखि सुरू भएको बयानमा समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर १७४ पेज तयार भएको थियो । जसलाई जबरालाई पढेर सुनाउँदै एकएक पानामा हस्ताक्षर गर्न लगाएको थियो ।

सुरुमा समिति सदस्यहरूले राणालाई १७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गर्दा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए श्र त्यसपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराइएको थियो ।

समितिका एक सदस्यका अनुसार हस्ताक्षरसहित पुरक बयान सकिएसँगै आजै दिउँसो ३ बजे बस्ने संसद सचिवालयको बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्