Logo
Logo

ओलीलाई झलनाथले सम्झाए– ‘रानी पोखरी प्रताप मल्ल र धरहरा भीमसेन थापाले बनाएका हुन्’


22.8k
Shares

काठमाडौं । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि सरकारबाट बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रानी पोखरी र धरहरा पुनःनिर्माणलाई आफ्नो सरकारले गरेको ठूलो कामको रुपमा व्याख्या गर्दै आएका छन् ।

ओलीले आफ्नो सरकारले गरेको ठूलो कामको रुपमा व्याख्या गर्दै आएको पुनःनिर्माणबारे नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने लाजमोर्दो दाबी भन्दै टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘सरकारले पाँच वर्षे कार्यकालमा ठूलै काम गर्छ होला भन्ने सोचेको थिए । तर, केही गर्न सकेन । केपी शर्मा ओलीको सरकारले सम्झिने खालको के काम गर्यो ? नेपाली जनताले सम्झिने कुन काम गर्नुभयो ? धरहरा बनाए, रानी पोखरी बनाए भन्ने हो ? यो भन्दा लाजमर्दो दाबी के हुन्छ ? त्यो त पुनःनिर्माण मात्र हो ।’

रानी पोखरी र धरहरा बनाए भन्ने ओलीलाई झलनाथले रानी पोखरी र धरहरा कसले बनाएका हुन् भनेर समेत सम्झाएका थिए । खनालले भने, ‘रानी पोखरी त प्रताव मल्लले बनाएका हुन् । धरहरा भीमसेन थापाले बनाएका हुन् । मर्मत गर्नेको नाम अगाडि आउँछ कि प्रस्तावना बनाउनेको आउछ ? यो त सबैलाई थाहा हुन्छ नि ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ओलीको असंवैधानिक कदमकै कारण संसदले पाँच वर्षको अवधिमा अपेक्षाकृत काम गर्न नसकेको बताए । त्यसैगरी, संसद विघटन जस्तो गम्भीर अपराधका कारण सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्प्णी गरे ।

प्रतिक्रिया दिनुहोस्