Logo
Logo

धितोपत्र बोर्डद्वारा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग


567
Shares

काठमाडौं। नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको हो । बोर्डले यसपटक दलाल व्यवसायीको लाइसेन्समा कोटा नतोकी योग्य सबै आवेदकलाई लाइसेन्स दिनेगरी नियमावली संशोधन गरेको छ ।

नियमावली संशोधन भएर प्रथम पटक लाइसेन्स दिएपछि भने बजारको अवस्था अध्ययन गरेर हरेक ३/३ वर्षमा लाइसेन्सको आवेदन माग गर्न सकिनेछ । सीमित कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड न्युनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

बोर्डले स्टक ब्रोकर र स्टक डिलरको लागि सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्