Logo
Logo

चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन प्रहरी परिचालन


19.5k
Shares

काठमाडौं । महाअभियोग लागेपछि निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।

जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै आइतबारदेखि नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको समाचार बाहिएसँगै राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हो ।

महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।

साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ ।

यस्तै, गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्