Logo
Logo

फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु


630
Shares

बेइजिङ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ । बाढीका कारण खानीमा रहेका एक जना हराइरहेका छन् ।

हिजो आइतबार त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भईरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ । चीनमा वर्सेनि खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्