काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एआइजी बढुवाको प्रक्रिया अघि बढाएको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजी राख्ने निर्णय गरेको थियो ।
नयाँ पदमा बढुवाका लागि शुक्रार सूचना प्रकाशन गरिएको छ ।
बढुवाका आकांक्षीहरुलाई शैक्षिक प्रमाणपत्र पेश गर्न सूचना प्रकाशन गरिएको हो । हाल सशस्त्रका डिआइजीमध्ये बंशी दाहाल र किशोर प्रधान सिनियर छन् । उनीहरुमध्ये दाहाललाई बढुवाका प्रमुख दाबेदार मानिएको छ । उनकै बढुवाका लागि सशस्त्रमा सो पद थपिएको बताइन्छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा विभाग र प्रहरी एकेडेमीमा एआइजी थप्ने प्रस्ताव गरेपनि सरकारले एउटा मात्र थप गरेको हो ।