Logo
Logo

संसद् अन्त्य भएसँगै जबराविरूद्धको महाभियोग स्वतः अन्त्य भयो : ओली


15.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले महाभियोग प्रकरणमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सफाइ दिएको बताएका छन् ।

आइतबार नेकपा एमालेको सचिवालय बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले महाभियोगमाथिको छलफलमा सत्तापक्षले सात महिनासम्म ढिलाइ गरेर जबरालाई सफाइ दिएको बताएका हुन ।

अध्यक्ष ओलीले महाभियोग दर्ता भएको प्रतिनिधिसभाको कार्यकाल नै समाप्त भइसकेकाले जबराविरुद्धको महाभियोग पनि स्वत समाप्त भएको समेत बताएका छन् ।

ओलीले भने– ‘सत्तारुढ दलले महाभियोगको विषयमा छलफल गर्न ढिलाइ गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको छ । अब महाभियोग दर्ता भएको संसदसमेत कार्यकाल पूरा भएर अन्त्य भइसकेको छ । संसद् अन्त्य भएसँगै महाभियोग स्वत समाप्त भएको छ ।’

अध्यक्ष ओलीले सरकारले सेना प्रहरीको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । निलम्बित प्रधानन्यायाधीश जबरालाई नजरबन्दमा राखेर सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्