Logo
Logo

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा जाँदै


10.8k
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह इनटरपोलको ९०औं महासभामा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरिक्षक सिंहलाई आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा हुने इनटरपोलको ९० औं महासभामा स्वीकृत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले महासभामा सहभागी हुन अनुमति दिएसँगै महानिरीक्षक सिंहले महासभामा के–के मुद्दा उठाउलान् भन्ने चासोको विषय बनेको छ । 

महानिरीक्षक सिंहले नेपालमा समेत अपराधका अन्तर्राष्ट्रिय गिरोहहरूले चलखेल गर्न सक्ने र त्यसविरुद्ध विशेष योजना बनाइनुपर्ने विषय राख्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्