एजेन्सी । भारतका राष्ट्रपति द्रौपदी मुर्मुले आइतबार बेलायतका महारानी एलिजाबेथ द्वितीयालाई लन्डनको वेस्टमिन्स्टर हलमा आयोजित कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो हलमा महारानीको पार्थिव शरीर कफिनमा राखिएको छ ।
राष्ट्रपति मुर्मुले वेस्टमिन्स्टर हल पुगेर दिवङ्गत महारानीप्रति आफ्नो व्यक्तिगततर्फबाट र भारतीय जनताको तर्फबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
राष्ट्रपति मुर्मु सोमबार महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन र भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न त्यहाँ पुगेका हुन् ।