एजेन्सी । किर्गिस्तान र ताजिकिस्तानको सीमाक्षेत्रमा भएको झडपमा ९४ जनाको मृत्यु भएको छ । उक्त सीमाक्षेत्रमा पछिल्लो केही वर्षयताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी झडप भएको हो ।
सो क्षेत्रमा गत बुधबार झडप सुरु भएको थियो । शुक्रबार दुवै पक्षबीच युद्धविराम भएको थियो । पूर्व सोभियत यी दुई मुलुकबीच बेलाबेलामा झडप हुँदै आएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दुवै पक्षलाई शान्तिपूर्णरुपमा यो मामिला सुल्झाउन आग्रह गरेका छन् ।
ताजिकिस्तान र किर्गिस्तानबीच हजार किलोमिटर लामो सीमा जोडिएको छ । जसमध्ये एक तिहाइ सीमामा विवाद छ । यसअघि सन् २०२१ मा पनि यी दुई मुलुकको सीमामा भएको झडपमा ५० जनाको मृत्यु भएको थियो ।
ताजिकिस्तानले भने आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका दाबी गरेको छ ।