Logo
Logo

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु


567
Shares

बर्दिया । बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका-९ मथुराहरीद्वारका ९ वर्षीया खुश्वु धोबीको फलामको ढोकामा विद्युत्को तार सर्ट भई मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए ।

सख्त घाइते उनको जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी बारबर्दिया-८ दुधाका ३३ वर्षीय सनिराम थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए ।

उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

प्रतिक्रिया दिनुहोस्