Logo
Logo

नदीका मुहानमा विश्वकर्माको प्रतिमा सेलाइँदै


441
Shares

काठमाडौं । काठमाडौ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा बाबा विश्वकर्माको प्रतिमा सेलाउने क्रम सुरु भएको छ ।

असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा बाबाको बालुवाको मूर्ति वा तस्बिर राखी विधिपूर्वक पूजा आराधना गरिएको थियो । बालुवाबाट बनाइएको मूर्ति नदीको मुहान क्षेत्रका पवित्र तीर्थस्थलमा सेलाइन्छ ।

तस्बिरलाई भने नियमितरुपमा पूजा आराधना गर्ने विधि छ । विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल, रुद्रमती र विष्णुमती नदीको मुहानस्थल बूढानीलकण्ठ एवं मनोहरा नदीको मुहानस्थल साँखु क्षेत्रमा सेलाइन्छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।

प्राचीन भारत वर्षका ४ दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्