Logo
Logo

गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो


68.6k
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

गोठाटारमा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन् । उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ ।

गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ । घाइतेको अवस्थाबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्