Logo
Logo

५ दिनदेखी हराएको बालकको शव क्षतविक्षत अवस्थामा भेटियो


3.3k
Shares

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो ।

विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्