Logo
Logo

नागरिकता विधेयक प्रमाणीकरणबारे छलफलमा राष्ट्रपति


6k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफलमा रहेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेका छन् ।

संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन राष्ट्रपति भने छलफल गरिरहेका हुन् ।

नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको आज १५ दिन भएको छ ।

संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले आज रातिसम्ममा उक्त विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्