Logo
Logo

डेंगु निणन्त्रणका लागि सरकार गम्भीर : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधारहरुको उचित व्यवस्था गर्दै महामारीका रुपमा देखिएको कोरोना र डेंगु रोगको निणन्त्रणका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् ।

उनले कोरोना र डेंगु रोगबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै बिरामीहरुको स्वास्थ्यलाभको कामना गरे । उनले रोग नियन्त्रणका लागि सवै चिकित्सकहरुको सरकारलाई साथ हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य सम्मेलनले निकाल्ने निष्कर्ष स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण हुने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको रहेको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्