Logo
Logo

नागरिकता विधेयक नै खारेज हुनुपर्छ : राष्ट्रिय जनमोर्चा


6.6k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका एक घटकमध्ये एक हो, राष्ट्रिय जनमोर्चा । तर, बुधबार राष्ट्रपतिको पछिल्लो कदमलाई लिएर गठबन्धनले जारी गरेको संयुक्त वक्तव्यमा जनमोर्चा संलग्न छैन ।

सत्ता गठबन्धनमा रहेका चार दलको शीर्ष नेताद्वारा हस्ताक्षरित वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई ‘गैरसंवैधानिक’ भनिएको छ । तर, राष्ट्रिय जनमोर्चाले भने नागरिकता विधेयक नै खारेज हुनुपर्ने जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति भण्डारीको पछिल्लो कदमबारे भनेका छन्, ‘यस विषयमा कुनै मतलव छैन । राष्ट्रपतिले चालेको कदम ठिक–बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्छ भन्ने हो ।’

उनले नागरिकता विधेयक पारित गर्नु हुँदैन आफ्नो पार्टीको मत रहेको भन्दै केसीले भने, ‘राष्ट्रपतिको कदम ठिक वा बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्छ भन्ने हो । राष्ट्रपतिले ठिक बेठीक जे गरेपनि आफ्नो ठाउँमा छ ।’

विदेशीलाई वंशजको नागरिकता दिन नहुने उनको भनाइ छ । उनले एमसीसी पारित गर्दा पनि जनमोर्चा सहभागी नभएको स्मरण गर्दै भनेका छन्, ‘गठबन्धनमा सबै कुरा मिलेको भए एउटै पार्टी भइहाल्थ्यो । किन गठबन्धन बनाउनुपर्ने थियो र ? यो गठबन्धन प्रतिगमनका विरुद्ध बनाइएको हो ।’

प्रतिक्रिया दिनुहोस्