Logo
Logo

चुनावको बेला प्रहरीको कार्यविभाग नेतृत्वविहिन


93.2k
Shares


काठमाडौं । चुनावको बेला नेपाल प्रहरीको कार्य विभाग नेतृत्वविहिन बनेको छ । कार्यमा कार्यरत एआइजी सहकुलबहादुर थापालाई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएसँगै प्रहरी परिचालनको महत्वपूर्ण केन्द्रीय निकाय कार्यविभागको नेतृत्व रिक्त भएको हो ।


निर्वाचन सुरक्षाको समन्वयका लागि कार्यविभागकै एआइजीको नेतृत्वमा प्रहरीमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो । एआइजीको थापाको सरुवासँगै केन्द्रीय सेल नै नेतृत्वविहिन भएको हो । अन्य एआइजीलाई सेलको नेतृत्व तोकिएको पनि छैन । कार्य विभागमै कार्यरत डिआइजी बसन्त कुँवरलाई विभागको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । तर, उपत्यका प्रहरी कार्यालयमा एआइजी प्रमुख छन् भने तीन प्रदेशमा उनीभन्दा सिनियर डिआइजी कार्यरत रहेकाले चेन अफ कमाण्डका दृष्टिले समस्या हुने देखिन्छ । कार्य विभागले देशभरीबाटै रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिने भूमिका हुन्छ ।


८ मध्ये प्रहरीमा हाल दुई एआइजीको दरबन्दी रिक्त छ । रिक्त पदमा तत्काल बढुवाको तयारी नभएको स्रोत बताउँछ । थप दुई पद रिक्त भएपछि मात्र बढुवाको तयारी भइरहेको छ । कार्यसहित प्रदेश समन्वय विभाग रिक्त छ । चुनावको मुखमा कार्य विभागलाई नै रिक्त राखिदा चुनावी सुरक्षाको समन्वय प्रभावकारी हुन नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भने एआइजी नहुँदा पनि कार्य विभागबाट नियमित काम भइरहेकाले ठूलो समस्या नभएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्