Logo
Logo

एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी


13.1k
Shares

बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका हुन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’

नेकपा एकीकृत समाजवादीमा बसेर काँग्रेसको कार्यकर्ता बन्नु बाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । उनले भने, ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको काँग्रेसको कार्यकर्ता बन्नु हो, त्यो बाहेक अरू केही हुन सक्दैन, कांग्रेसको कार्यकर्ता बन्नु भन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठाने ।’

प्रतिक्रिया दिनुहोस्