काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रबेश गर्ने भएका छन् । बिहीबार एमाले मुख्यालयमा गएर पार्टी प्रबेश गर्ने उनको तयारी छ ।
उच्च महत्वाकांक्षी स्वभावका खनाल अवकाश लगत्तै एमालेमा प्रबेश गर्न लागेका थिए । तर, सांसद अपहरणकाण्डमा मुछिएपछि माहोल विग्रिएको थियो । पछि छुट्टै पार्टी गठनमा तम्सिएपनि सफल भएनन् । अन्ततः एमालेमै प्रबेश गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेर उनले आफुलाई टिकट दिन आग्रह गरेका छन् । टिकट दिए चुनाव जित्ने दाबी उनले गरेका छन् ।