Logo
Logo

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनकाे बैठक बस्दै


819
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

फाइल फोटो

यसअघि बुधबार बोलाइएको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल भएकाले सिट बाँडफाँटबारे कुरा नउठेपछि आज बैठक बोलाइएको हो । आज बस्ने बैठकमा कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने एक नेताले बताए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सिटसमेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधिसभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्