Logo
Logo

भक्तपुरको लोकन्थलीमा गाडीले किचेर शिशुको मृत्यु


2k
Shares

काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर एक शिशुको ज्यान गएको छ । मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार खेल्दै गरेका शिशु पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेपछि उक्त गाडीले किचेको थियो ।

गाडी मुनि छिरेको थाहा नपाएपछि चालकले गाडी अगाडि बढाउँदा बालक गम्भीर घाइते भएका थिए । शिशुको उपचारका क्रममा समिट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्