Logo
Logo

एमालेको भेलले बगाउँछ भनेर गठबन्धन गर्‍यो : ओली


630
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको दावी गरेका छन् ।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको बताए ।

उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरू काम्छ नि थरर, त्यसरी कामेका छन् ।’

‘त्यसैकारण उनीहरूले यो गठबन्धन बनाउनु परेको छ र । यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ’, ओलीले भने, ‘त्यसकारण यिनीहरूले गठबन्धन नामको त्यान्द्रो छोड्दैनन् । किनकि एमालेको भेल यस्तो आइराखेको छ । बगाउँछ ।’

प्रतिक्रिया दिनुहोस्