Logo
Logo

नारायणगढ-मुग्लिन सडक पुनःसञ्चालन


882
Shares

भरतपुर । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुनःसञ्चालन भएको छ ।

गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनाँै पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्