Logo
Logo

राष्ट्रपतिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


567
Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्द परेको रिटमा आज सुनुवाई हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भीक सुनुवाइ आज हुन लागेको हो।

उक्त रिटमा शुक्रबार नै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। शुक्रबार पाँचवटै मुद्दाको पेशी न्यायधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई प्रमाणीकरणको माग गर्दै रिट दायर गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि पाँच वटा रिट परेका छन् । रिटमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले दोस्रो पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि नगरेर संविधानको उल्लङ्घन भएको जनाइएको छ ।

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्