Logo
Logo

बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


819
Shares

काठमाडौं । काठमाडौंको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्कुटर चालक गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा गम्मिभर घाइते भएका गररुङको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती २ बजे ठोक्किएका थिए ।

ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्