Logo
Logo

राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयालको इजलासमा


2.3k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि निस्क्रिय बनेको छ ।

दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) सम्ममा प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले नगरेपछि सर्वोच्च अदालतमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् । विधेयक प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै परेको रिटको सुनुवाइका लागि गत शुक्रबार पेसी तोकिएको थियो । समय अभावका कारण उक्त रिटमा आइतबार सुनुवाइ हुनेगरी स्थगित गरिएको थियो ।

अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्