Logo
Logo

सूचीकृत नभएका धानमा दाना नलाग्ने समस्या


441
Shares

चितवन । जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समसया देखिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो ।

उनले भने, ‘सूचीकृत नभएका धान र २५ वर्ष पुराना धानको जात लगाउने गर्दा धान पसाए पनि दाना नलाग्ने समस्या देखिएको छ ।’ अहिले जिल्लामा सावित्री धान र भारतबाट आयातित चन्दन धानमा समस्या देखिएको हो । चन्दन धान सरकारको सूचीकृत धान नरहेको उनले जानकारी दिए ।

थापाका अनुसार जिल्लामा लगाइएको धानको ३० प्रतिशतमा समस्या देखिएको हो । कीराको समस्यासँगै धानमा दाना नलाग्ने समस्या देखिएको हो । सूचीकृत नभएका जात जिल्लाका विभिन्न एग्रोभेटले किसानको सम्म पु¥याउँदा समस्या आएको उनले बताए । धान पसाउने समयमा पानी पर्दा परागसेचनसमेत हुन नसकेका कारण धान पसाए पनि दाना लाग्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । जिल्लामा उत्पादनमा १० देखि १५ प्रतिशत गिरावट आउने अनुमान गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्