Logo
Logo

मनास्लु हिमपहिरोमा वेपत्ता विश्वविख्यात स्की आरोही हिलारीको शव भेटियो


693
Shares

गोरखा । मनास्लु हिमालको बेसक्यम्पमा गत सोमबार गएको हिमपहिरोमा परी बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । १० दिनदेखी बेपत्ता हिलारी आज बिहान मृत भेटिएकी हुन् ।

उनको खोजी गर्न खटाइएको टोलीले नेल्सनको शव भेटिएको खबर पाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनको सव हेलिकोप्टरमार्फत सामागाउँ ल्याउने तयारी भइरहेको डीएसपी लामिछानेले बताए ।

डीएसपी लामिछानेका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्