Logo
Logo

डेंगुबाट एकैदिन चार जनाको मृत्यु


2.5k
Shares

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको हो ।

मन्त्रालयको अनुसार साउनयता डेंगुबाट ३६ जनाको मृत्यु भएको छ । त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

अहिले सबैभन्दा बढी काठमाडौं उपत्यकाका डेंगुको बिरामी भएको मन्त्रालयको जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्