Logo
Logo

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु


756
Shares

चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।

यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो । जिल्लामा हालसम्म सात सय ४३ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका रहेका छन् ।

बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्