Logo
Logo

समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न देउवा तयार


7.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची संशोधन गर्ने भएको छ । शेखर कोइराला पक्षले चर्को विरोध गरेपछि उम्मेदवार सूची संशोधन गर्न सभापति शेबहादुर देउवा तयार भएका हुन् ।

समानुपातिक उम्मेदवार सूची संशोधन गर्न अहिले सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् ।

समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेलगायत विषयमा छलफल गर्न बिहीबार बिहान १० बजेदेखि बालुवाटारमा छलफल भइरहेको एक नेता बताए ।

यसअघि ३ असोजमा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर शेखर कोइराला समूहले असन्तुष्ट थियो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार समानुपातिक उम्मेदवार सूची संशोधन गर्न सभापति शेरबहादुर देउवा सहमत भएकाले तीन दिनदेखि यस विषयमा छलफल भइरहेको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने भए असोज १६ भित्र संशोधन गर्न दलहरूलाई भनेको छ ।
कांग्रेसका नेता कोइराला र महामन्त्री गगन थापा निकटका नेताहरूले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको आरोप लगाउँदै धर्नालगायत कार्यक्रम गरेका थिए ।

प्रतिनिधि सभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै राखिएको थियो । यी नाम पनि पछि समानुपातिक सांसद हुन नपाउने गरी तलतल राखिएपछि कोइराला–थापा पक्षका नेताहरू असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्