Logo
Logo

कांग्रेसमा विद्रोह गर्नुपर्ने अवस्था आएको छ : गगन थापा


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार काठमाडौंको चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीभित्र नयाँ संघर्षको आवश्यकता हुन लागेको बताए । उनले भने, ‘पार्टीभित्र शुद्धिकरण आवश्यक छ, त्यसका लागि विद्रोह गर्नुपर्ने अवस्था आएको छ ।’

उनले आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै कार्यकर्ताहरुलाई निराश नबनाउने बताए । अहिले पूरा प्रणाली नै चुनावदेखि चुनावका लागि भएको उनको भनाइ थियो ।

युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको बताउँदै थापाले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भनेमात्रै १० वर्षमा १० लाखले रोजगारी पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्