Logo
Logo

उम्मेदवार छान्न ओलीलाई एकलौटी अधिकार, ‘१० बुँदे’ पक्षधर निसानामा


3.2k
Shares

काठमाडौं । पछिल्लो समय पार्टीको सबै पावर आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार चयन गर्ने एकलौटी अधिकार पाएका छन् ।

बिहीबार मध्यरातसम्म चलेको नेकपा एमालेको सचिवालय बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो ।

एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ भने बाँकी निर्वाचन क्षेत्रमा एकभन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ ।

उम्मेदवार छनोट गर्ने एक्लौटी अधिकार पाएसँगै आफू निकट र अनुकूललाई उम्मेदवार बनाउन ओलीलाई सहज भएको छ भने सबैभन्दा धेरै समस्या ‘दश बुँदे’ पक्षधर नेतालाई हुने देखिन्छ ।

ओली पक्षका नेताहरू जिल्ला र प्रदेशबाट एकल सिफारिसमा परेका छन् । दश बुँदे पक्षधर नेताहरूको निर्वाचन क्षेत्रबाट भने दोहोरो सिफारिस भएको छ । 

दश बुँदे पक्षधर मध्येका नेता भीम रावलको नाम भने एकल सिफारिस भएको थियो । तर, ओली पक्षधर नेताहरूले भीम रावल पार्टीको सम्पर्कमा नरहेको भन्दै सिफारिस सच्याउन अध्यक्ष ओलीसँग माग गरेका छन् ।

बिहीबार पाएको जिम्मेवारी अनुसार ओलीले देशभरबाट सिफारिस भएर आएका नामहरू समेत हेरफर गर्न सक्नेछन् । त्यस्तो अवस्थामा ओलीका आलोचकहरू निसानामा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्